२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

विधेयकहरू सर्वस्वीकार्य बनाउन सत्तापक्ष तयार, संसदीय समितिको भागवण्डामा सहमति

२८ चैत, काठमडौँ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र वेपत्ता छानविन र सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकहरू न्यायपूर्ण र सर्वस्वीकार्य बनाउ तयार भएका छन । सभामुख देवराज घिमिरेले पहलमा मंगलरबार बिहान सभामुख निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विधेयकहरू न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन तयार भएका हुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक रूपमा टीआरसी लगायतका विधेयकका बारेमा टिप्पणी गरेको सन्दर्भमा सभामुखले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक बोलाएका हुन । उक्त बैठकमा नेताहरू टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन सहमत भएका हुन ।

उनीहरूले त्यसको विषय र प्रक्रियाका बारेमा पुनः छलफल गर्ने बताएका छन । त्यसका लागि वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा अर्को बैठक बस्ने सहमति गरेका छन । बैठकमा संसदीय समिति गठन र नेतृत्व लगायतका विषयमा नेताहरू सहमत भएका छन । उनीहरूले समितिको नेतृत्वको भागवण्डामा पनि सहमति गरेका छन ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए । बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी रहेका छन भने महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ११:४७