२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बैमानहरुलाई ठेगान लगाएर अघि बढ्छुः रवि लामिछाने

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले, आफू नजिकका मानिसहरू समेत ढाकाराम काण्डमा मुछिएपछि , उनीहरूलाई समेत ठेगान लगाएर अघि बढ्ने बताएका छन्।

चितवनमा आयोजित चुनावी अभियानका क्रममा उनले सँगैहिँडेका साथीहरू बैमान निस्किएको भए उनीहरूलाई पनि ठेगान लगाएर अघि बढ्ने बताए । उनले भने ‘संगै हिँडेका साथीहरू बैमान निस्किएछन् भने ती बैमानहरुलाई ठेगान लगाएर पनि म यो यात्रालाई अघि बढाउने छु ।’

रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायीदुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि उनले पार्टी विरुद्ध अहिले चौतर्फी हमला भइरहेको आरोप लगाएका छन् । तर सबै समस्याहरूसँग जुधेर अघि बढ्न आफू तयार रहेको उनले बताए । उनले भने ‘लडेको देख्नु होला, मरेको देख्नु भएको छैन् । त्यसैले यो जिम्दो मान्छे हो ।’

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १६:३८