५.५४ अकंले बढ्याे सेयर बजार, दुई कम्पनीमा सकारात्मक सर्किट
२७ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । केही दिनदेखि निरन्तर घटिरहेकाे बजारमा आज भने हरियाली छाएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले बढेर १८४४.०२ बिन्दुमा बन्द भएको छ । आज २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ६ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सानिमा मिडिल तमोरको हाइड्रोपावर र कालिन्चोक दर्शनको सेयर सकारात्मक सर्किट लागेको हो । आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १५:१८












