नीजि क्षेत्रलाई सरकारले ‘इन्जिन अफ ग्रोथ’का रुपमा लिएको छः अर्थमन्त्री महत
२७ चैत, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकार र नीजि क्षेत्रको साझा प्रयासबिना आर्थिक विकास सम्भव नहुने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारण सभामा मन्त्री महतले नीजि क्षेत्रलाई‘इन्जिन अफ ग्रोथ’को रुपमा लिएको बताउँदै सरकारको मात्रै एकल प्रयास बिना आर्थिक क्षेत्रको सुधार हुन नसक्ने बताए ।
उनले भने,‘सरकार र नीजि क्षेत्रको संयुक्त प्रयासविना आर्थिक प्रगति हुन सक्दैन । समृद्धि प्राप्त गर्न नीजि क्षेत्र र सरकार अलग बाटो हिँडेर सम्भवन छैन । त्यसो हुँदा सरकारले नीजि क्षेत्रलाई ‘इन्जिन अफ ग्रोथ’को रुपमा लिएको छ । समस्या छन् । हामीले बुझेका छौं । लगानिकर्तामा समस्या आएको छ । त्यसलाई समाधान गर्न आवश्यक छ ।’
मन्त्री महत्तलेनीजि क्षेत्र समस्या नै राज्यको समस्या भएको हुँदा सरकार हरेक सुखदुखमा साथ रहने प्रतिवद्धता जनाए । ऋणको व्याज तिर्न समस्या भए सरकार सहजीकरण गर्न तयार भएको तर, ऋण तिर्न नै अस्वीकार गर्ने बिषय सहन नसकिने मन्त्री महत्तको भनाई छ ।
उनले भने,‘ब्याज तिर्न समस्या आयो भने, सरकारले राहात दिने सक्छ । यसमा छलफल गर्न सकिन्छ । तर, लिएको ऋण फिर्ता दिन्न भन्नु ठिक होइन । त्यस्ता बिषयलाई राज्यले सहन सक्दैन् । सुख दुखमा सरकार साथ छ । जनताको समस्या राज्य सयंन्त्रमा बस्नेहरुको समस्या हो । अर्थतन्त्र सुधार गर्न नीजि क्षेत्र र जिम्मेवारी लिएका अन्य संस्थामिलेर काम गर्नुपर्छ ।’
आर्थिक वृद्धि र उद्योग व्यवसायविस्तारको जिम्मेवारी नीजि क्षेत्रको भएको हुँदा नीजि क्षेत्रचलायमान नहुँदा आर्थिक वृद्धि सम्भवनहुने मन्त्री महतले बताए । उनले भने,‘सरकार मुलभूत रुपमा पूर्वाधारको विकासमा केन्द्रीत छ । तर, आर्थिक वृद्धि र उद्योग व्यवसाय विस्तारको जिम्मेवारी नीजि क्षेत्रको काँधमा छ । नीजि क्षेत्रको समस्या राज्यको समस्या हो । निजी क्षेत्र चलायमान नहुँदा आर्थिक वृद्धि सम्भव छैन् । रोजगारी सिर्जना गर्न सकिँदैन ।’
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १५:०५