७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

१० हजार कित्तासम्म भर्न पाइने आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

२७ चैत, काठमाडाैं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज चैत २७ गते साेमबार अन्तिम दिन रहेको छ।कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिने सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गर्नेछ।

कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार चैत २६ गते साँझसम्ममा यो कम्पनीकाे आईपीओमा ९ लाख ४८ हजार २०५ आवेदकबाट कुल १ करोड ७ लाख ३२ हजार ३५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.९७ गुणाले बढी हो।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०९:२५