२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज

२६ चैत, काठमाडौं । नयाँ ब्रोकर,स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दाको रिट खारेज भएको छ। आइतबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो। गत बिहिबार नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स बितरण सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। अधिवक्ता दिपक विक्रम मिश्रले अधितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि यही मुद्दामा ४ कात्तिकमा सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी भएको अवस्थामा नै ब्रोकर लाइसेन्स खोल्न माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता भएको थियो । रिट खारेज भएसँगै धितोपत्र बोर्डलाई सबै लाइसेन्सको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १७:००