नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
२६ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ३३ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो । नेप्सेले यो कम्पनीलाई ‘टीएएमओआर’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९८.४३ रुपैयाँ र अधिकतममा २९५.२९ रुपैयाँ तोकेको छ। सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १३:५०












