१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

२६ चैत, काठमाडौ । बालिका जबरजस्ति करणी गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धामा आज(आइतवार) सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा आइतवार उनको मुद्धाको पेशी तोकिएको छ । गोला प्रथाबाट मुद्धाको इजलास चयन हुनेछ । मुद्धाको पेशी तस्रो नम्वरमै तोकिएको हुँदा आइतवार नै सुनुवाई हुने सम्भावना रहेको छ । उनी विरुद्धको मुद्धामा दुवै पक्षको सुनुवाई सकिसकेको छ ।

१७ वर्षीय बालिका बलात्कार अभियोगमा सन्दीप गत २० असोजमा पक्राउ परेका थिए । अदालतको आदेशबाट उनी पुनपक्ष्यका लागि कारागार चलान भएका थिए । पछि उच्च अदालत पाटनले उनलाई सार्तसहति २० लाख रुपैयाँ धरौटीमा जेल मुक्त गरेको थियो ।

अदालतले उनलाई विदेश जान र काठमाडौं उपत्यका छाड्न प्रतिवन्ध गरेको थियो । पछि सर्वोच्च अदालतले बिदेश जाने प्रतिवन्ध फुकुवा गरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १०:०१