नेप्सेमा थप चार कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहाेस् कुनकाे कति ?
२४ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । याे साता नेप्सेमा विभिन्न चार कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।
१) युनाइटेड इन्स्योरेन्स कम्पनी
नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनीकाे ५ प्रतिशत बोनसबापतको ५ लाख १४ हजार ८० कित्ता सेयर सूचीकृत भएको हो ।
२) महिला लघुवित्त
नेप्सेमा महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस बापतको ७ लाख ६२५ कित्ता सेयर सुचिकृत भएको हो ।
३) आइएमइ जनरल इन्सयेरेन्स लिमिटेड
नेप्सेमा आइएमइ जनरल इन्सयेरेन्स लिमिटेडको ६ प्रतिशत बोनस बापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर सुचिकृत भएको हो ।
४) विन नेपाल लघुवित्त
नेप्सेमा विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस बापतको ६७ हजार ६५० कित्ता सेयर सुचिकृत भएको हो ।
प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १६:४३












