१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू


२४ चैत, काठमाडौं । आगमी १० बैशाखमा हुने उपनिर्वाचनका लागि आज चैत २४ गते शुक्रबारबाट आचारसंहिता लागू भएको छ । तनुहँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।

आचारसंहिता उम्मेदवारसहित नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, स्थानीय तहका जनजप्रतिनिधि, सांसद लगायत सार्वजनिक पद धारण गरेको सबैमा लागू हुनेछ ।

आचार संहिता अनुसार उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरैको नारा/जुलुस गर्न पाउने छैनन् । उनीहरुले आफ्नो पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाउने छैनन् ।

त्यस्तै, उम्मेदवारी दर्ताका क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी उम्मेदवारसँग सहभागि हुन पाउनेछैनन् । उम्मेदवारले मनोनयन दर्ताको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था तथा कुनै पनि परियोजनाको स्रोत, साधन र सम्पति प्रयोग गर्न पाउने छैनन ।

यस्ता छन् आचार संहिता

–मनोननयम पत्र पेश गर्न जाँदा उम्मेदवारले प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने ।

–बाजा, झाँकी तथा निर्वाचन आचारसंहिता–०७९ विपरितका व्यानर, चिन्ह र झण्डसहित जान नहुने ।

–उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने ।

–मनोनयन गर्न जाँदा र मनोनयन स्थालमा उम्मेदरको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षीत गालीगलौज र टिकाटिप्पणी गर्न हुने ।

–मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तरगतको कुनै परियोजनाको स्रोत, साधन र सम्पति प्रयोग गर्न नहुने ।

–नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागि हुन नपाउने ।

–उम्मेदवारको मनोनयनको समयमा बालबालिकाको प्रयोग गर्न नहुने ।

–मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा सामाग्री प्रयोग गर्न दिन नहुने ।

–हेलिकोप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नजान नहुने ।

–नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागि हुन नहुने ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०९:५६