१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

रामेछापमा बाेलेरो दुर्घटनामा ४ जनाको मृत्यु, १० जनाभन्दा बढी घाइते


२३ चैत, काठमाडाैं । रामेछापको मन्थली नगरपालिका-७ को कौछिनीमा बाेलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बाेलेरो सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।

मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।दुर्घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १९:१२