२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

नेप्सेमा ८.२८ अंकको गिरावट, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

२३ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार झिनाे अंकले बढेकाे बजार आज भने घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ८.२८ अकंले घटेर १८६६.७८ बिन्दुमा बन्द भएको छ ।

आज २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन ४ करोड ९२ लाख रुपैयाँ माथिको कारोबा भएको छ ।  आज कालिन्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुुअल फण्डको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सामलिङ पावर कमपनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १५:१५