२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

दुर्गा प्रसाईंले फिर्ता लिए चैत्र २४ गतेको नेपाल बन्द

२३ चैत, काठमाडौं ।  व्यवसायी दुर्गा प्रसाईंको अभियानले नेपाल बन्दको निर्णय फिर्ता गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रम अन्तर्गत चैत्र २४ गते तय गरेको नेपाल बन्द फिर्ता गरेको जानकारी दिएका हुन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रसाईंले हाल चलि रहेको एसईई परिक्षालाई ध्यानमा राखेर नेपाल बन्दफिर्ता लिएको जानकारी गराएका छन् ।

‘चैत्र २४ गते बिहीबारका दिन नेपाल बन्दको घोषणा गरेकोमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै नेपाल बन्द फिर्ता लिएको जानकारी गराउन चाहन्छौँ ।’- विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १४:१३