५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बिहीबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२३ चैत, काठमाडाैं । साताकाे पाचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतिताेला १ लाख ९ हजार ६५० रुपैयाँमा काराेबार भएको छ।

बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। बुधबार चाँदीकाे मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ११:०६