१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

आज बालाजुको बाईसधारा मेला


२३ चैत, काठमाडौं । काठमाडौंकाे बालाजुस्थित बाईसधारामा आज चैत २३ गते बिहीबार स्नान मेला लागेको छ । बाईसधारामा बिहानैदेखि स्नान गर्नेहरुको भीड लागेको छ । बाइसधारमा नुहाएपछि मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जन विश्वास छ ।

सोही कारण बाइसधारामा स्नान गर्नेहरुको भिड बिहानैबाट लाग्ने लगेको छ । धारामा स्नान गरेमा लुतो, खटिरा जस्ता छालाजन्य रोग हराउने विश्वास रहेको हुनाले पनि मेलामा बालबालिकादेखि वृद्धवृद्धासम्मको उपस्थिति रहेको छ । मेलामा विशेष गरी हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आउने गरेका छन् ।

बाईसधारा मल्लकालीन राजा जयप्रकाश मल्लले नेपाल सम्वत् ८७५ मा बालाजुमा २१ धारा निर्माण गरेका थिए । बि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ पुर्याएपछि उक्त स्थान बाइसधाराका नामले चिनिन थालेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १०:१६