२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

रावा इनर्जीको आईपीओ बिक्री खुला, क-कसले दिन पाउछन् आवेदन ?

२३ चैत, काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आज चैत २३ गते बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँबराबरको १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको हाे। यसमा खोटाङ जिल्ला केपीलासगडी गापा (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५६ लाख रुपैयाँबराबरको अर्थात् १०० रुपैयाँ अंकित दरका ५६ हजार कित्ता विदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।

उक्त आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्ता तथा अधिकतममा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २ हजार ८०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

साे आईपीओ स्थानीयका लागि निष्कासन बन्द छिटोमा २०८० वैशाख ७ गते र ढिलोमा वैशाख २२ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख ७ गतेभित्र आवेदन दिन पाउनेछन्।

स्थानीयले आयोजनास्थल, सेन्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। उनीहरुले प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०९:४३