भर्ने हाेइन त ? सर्वसाधारणका लागि १३ लाख ४६ हजार कित्ता आईपीओ बिक्री खुला
२३ चैत, काठमाडाैं । भुगोल इनर्जि कम्पनी लिमिटेडले आज चैत्र २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्रि खुल्ला गरेकाे छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले अर्थात १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १६ लाख ३२ हजार १६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँड गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०९:१९













