१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


२२ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हाे ।

सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए ।

सोमबार युवराज पौडेल सफलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
यसअघि हिजो मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १७:१०