२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

छुट्ला है ! सर्वसाधारणले ३० हजार कित्तासम्म भर्न पाउने आईपीओ निष्काशन हुँदै

२२ चैत, काठमाडाैं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भोली चैत २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेकाे हाे ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँड गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। साे आईपीओमा लगानीकर्ताले छिटोमा चैत २७ गतेसम्म र ढिलोमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ११:४९