७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा

२१ चैत, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) चैत २० गते सोमबार बाँडफाँड गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्काशन गरेकाे थियाे ।

कुल ५ लाख ४२ हजार ५८३ कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला (साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गा.वि.स.)का बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर तथा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री खुल्ला गरेकोमा रितपूवर्क आवेदन दिने आवेदकलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएकाे छ ।

कम्पनीकाे सेयर बाँडफाँँडसम्बन्धी विवरण हेर्नको लागि कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट https://www.nicasiacapital.com/ मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १४:४६