१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ हुँदै

२१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सर्बोच्च अदालतमा दर्ता भएकोे रिट निवेदनमाथि आज(मंगलवार) प्रारम्भिक सुनवाई हुने भएको छ ।

नागरिकता दुरुपयोग गरी नेपाली राहदानी लिएको मुद्धा नचल्ने भन्दै महान्यायधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध युवराज सफलले सर्बोच्चमा सोमवार रिट निवदेन दर्ता गएका थिए । सोही निवदेनमा आज प्रारम्भिक सुनुवाई हुनेछ । निवदेनमा रविविरुद्ध मुद्धा चलाई कारबाही गरिनु पर्ने उल्लेख छ ।

अमेरिकि नागरिक रहेकै बेला नेपाली नागरिकता दुरुपयोग राहदानी लिएको भन्दै लामिछानेविरुद्ध प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको थियो । तर, वकिल कार्यालयले उनीविरुद्ध मुद्धा नचल्ने निर्णय गरेको थियो ।

त्यसलगतै जिल्ला सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध उच्च सरकारी वलिकको कार्यालय पाटनमा निवेदन परेका थियो । तर, पाटनले पनि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो । लामिछाने आगमी १० बैशाख हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका छन् । उनी अहिले चुनावी प्रचारप्रसार छन् । नागिरकतामा त्रुटि प्रमाणित गर्दै सर्बोच्चले उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा अहिले उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ०९:५४