२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

इंग्लिस प्रिमियर लिग फुटबलः साउथ ह्याम्पटनमाथि चेल्सीको ३–० को जित

२२ असोज, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलको आइतबार राति भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनमाथि ३–० को जित निकालेको छ । यो जितसँगै ८ खेलबाट चेल्सीले २० अंक पुर्‍याएको छ । खेल अघि चेल्सी पाँचौं स्थानमा थियो । चेल्सीको जितमा इडन हाजार्ड, रोस ब्रेक्ले र एल्भारो मोराटाले एक–एक गोल गरेका थिए ।

३३ औं मिनेटमा इडन हार्जाडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको चेल्सीले दोस्रो हाफमा २ गोल थपेको थियो । ५७ औं मिनेटमा रोस ब्रेक्लेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । तर इन्जुरी समयमा एल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई ३–०को जित दिलाएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ०८:०१