२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एक दुई दिनभित्र सरकारले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

१५ चैत, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छिन् । रिपोटर्स क्लबको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी हुन् ।

उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारेकी छिन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्याउन संसद्मा विधेयक गइसकेको बताइन् ।

“शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पु¥याउन सरकार लागिरहेको छ”, मन्त्री शर्माले भनिन्, “पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।” मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेरमात्र निर्णय गर्ने जानकारी दिइन् । उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउनेसमेत बताइन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १४:५६