२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

बालेनलाई प्रधानमन्त्रीको जवाफः यो सरकार ५ वर्षसम्म टिक्छ

१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, यो सरकार ५ बर्ष टिक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले, काठमाडौँका मेयर बालेन्द्र साहले सरकार फेरबदल भइरहन्छ की भन्ने चिन्ता व्यक्त गरेको भन्दै त्यसमा नअल्झिन भनेका हुन् ।

उनले भने ‘बालेन्द्र साह ज्युले सरकारको निरन्तरताको कुरा राख्नु भयो, स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन गर्यौ । त्यसपछि सरकार निरन्तर एउटै छ । मेरो नेतृत्वमा सरकार छ, ढुक्क हुनुहोस्, मलाई विश्वास छ, यो सरकार ५ वर्ष सम्म जान्छ ।’

उक्त कार्यक्रममा बोल्दै मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए । उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभास दिलाउनु सक्नु पर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १४:०६