२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

महुली लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

१५ चैत, काठमाडाैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बाेलाएकाे छ । चैत १४ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको बैठककाे निर्णयअनुसार कम्पनीकाे १० औँ वार्षिक साधारणसभा वैशाख ९ गते सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको  १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित हुनेछ ।

सोही सभाले संस्थाले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, सभाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त आपसमा गाभ्ने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरि पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लघुवित्तको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:५९