८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

युनियन लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने

१५ चैत, काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ।  कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ७० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो।

कम्पनीको ५ औँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छुक नभएका सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा लिखित जानकारी पठाउन इन्स्योरेन्सले आग्रह गरेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:३५