२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

१५ चैत, काठमाडौं । मन्त्रालय बाँडफाँटको बिषय टुंगो लगाउन सत्ता गठबन्धनमा सहभागि १० दलबीच बैठक जारी रहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेकाे हाे ।

बैठकमा सरकार बिस्तार र मन्त्रालयको भागबण्डाको बिषयमा छलफल हुनेछ । सकेसम्म आजै मन्त्रालयको भागबण्डा मिलाउने र सरकार बिस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी छ । बैठकमा सरकारलेका न्यूनतम साझा कार्यक्रमको मस्यौदा सम्वन्धमा पनि छलफल हुँदैछ ।

गठवन्धनमा सहभागि काँग्रेसले अर्थसहित नौ मन्त्रालयको दाबी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहसहित पाँच मन्त्रालय लिने तयारीमा छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)ले पनि गृहको दाबी गरिरहेको छ । यसले तीन मन्त्रालयको माग गरिरहेको छ । जनता समाजवादी पार्टी र नेकपा एसले पनि तीन–तीन मन्त्रालय पाउने पर्ने माग राखेको छ । त्यस बाहेकका दल भने कम्तीमा दुई–दुई मन्त्रालय पाउने पर्ने अडानमा छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १०:२८