२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

टि-२० विश्व कपमा नेपालले थाइल्यान्डलाई दियाे १७३ रनको चुनौती

२१ असाेज, काठमाडौँ । टि-२० विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ ।मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।


करण केसीले नेपालका लागि इनिङ्स उकासे । उनले सर्वाधिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् । त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे । यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए ।

अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे । थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १४:००