२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमालेको सुदृढीकरण अभियानः रावलको बिरोधमा बोल्दा पौडेलमाथि कुर्सी आक्रमण

१४ चैत, अछाम । नेकपा (एमाले) यतिखेर संगठन सुदृढिकरणको अभियानमा रहेको छ । अंग्रेजी नारा मिसन ग्रासरूट लिएर कार्यकर्ताको पार्टी सदस्य नविकरण र अन्य अभियान चलाइरहेको एमालेको धेरै स्थानमा कार्यकर्तामा उत्साह देखिएको छैन । कतिपय उत्साह देखिएको ठाउँमा कार्यकर्ताको बीचमा कुटाकुट नै चलेको छ ।

नुवाकोटमा पार्टी अध्यक्षको निर्देशनमा जिल्ला कमिटी सदस्य कुटिएको केही घण्टापछि अछाममा भीम रावलको बिरोधमा उपाध्यक्ष विष्णु पौडेलले बोलेको भन्दै कार्यकर्ताले कुर्सी र बोतल हानेका छन । मञ्चमै भएका अन्य नेताले लुकाएर पौडेल भने सकुशल रहेको अछाम एमालेले जनाएको छ ।

मिसन ग्रासरूटको साँफेबगरमा भएको कार्यक्रममा उपाध्यक्ष पौडेलले रावल केपी ओलीको भक्तिगानमा नलागेको र भेट्न नगएका कारण टिकट नपाएको भनेपछि कार्यकर्ताले त्यसको बिरोधमा पौडेलमाथि कुर्सी र बोतल प्रहार गरेको एमाले नेता एकीन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ०९:५४