१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

एआईजीमा बढुवाका लागि ४ जना सिफारिस, काे काे परे ?


१३ चैत, काठमाडाैं ।  नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक डीआईजीलाई अतिरिक्त महानिरीक्षक एआईजी बुढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बिहान बसेको बढुवा समितिको बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको विज्ञप्ति मार्फत जानकारी दिइएकोे छ ।

उनीहरु गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवामा परेका छन् । यही चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले अवकास पाएका थिए भने वसन्त कुँवर आईजीपी भइसकेका छन्।

गत असारमा १७ जना एकैसाथ डीआईजीमा बढुवा भएका थिए।उनीहरूभन्दा अघिल्लो वरियतामा रहेका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका छन् । नेपाल प्रहरीमा जनजपदतर्फ आठ एआईजीको दरबन्दी छ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १३:१५