२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

युवा संघ नुवाकोटको अध्यक्षमा प्रज्वल सापकोटा

१३ चैत, नुवाकोट । नेकपा एमाले निकटको राष्ट्रिय युवा संघ नेपाल नुवाकोटको अध्यक्षमा प्रज्वल सापकोटा निर्विरोध निर्वाचित भएका छन । ९ औं जिल्ला अधिबेशनबाट यसअघि संयोजक रहेका सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन ।

अधिवेशनबाट उपाध्यक्षमा रमेश ढकाल, सचिव विवेक फूयाँल, सहसचिव रूपक पौडेल र दिनेश न्यौपाने, कोषाध्यक्ष म्लाङसि तामाङ र प्रवक्तामा अस्मिता तामाङ निर्विरोध निर्वाचित भएका छन । ४७ सदस्य जिल्ला कमिटी पुरै निर्विरोध निर्वाचित भएको नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरेले जानकारी दिए ।

आइतबार भएको अधिवेशनको उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य समेत रहेका युवा संघका अध्यक्ष किरण पौडेल एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०८:३२