१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

मापदण्डभन्दा दोब्बर नुन सेवन नगर्न डब्लूएचओकाे आग्रह


१२ चैत, काठमाडाैं । डब्लूएचओले दैनिक ३ देखि ५ ग्राम सम्म नून उपभोग गर्न सिफारिस गरेको छ । मापदण्ड भन्दा बढी नून सेवन गर्ने हो भने आगामी ७ वर्षमा ७० लाख मानिसको मृत्यु हुन सक्ने दाबी डब्लूएचओलेले गरेको छ । डब्लूएचओले वयस्कलाई पाँच ग्राम भन्दा धेरै नुन नखान सिफारिस गरेको छ । नुनले मानिसलाई प्रत्यक्ष असर गरिरहेको विश्व संस्था संगठनले जनाएको छ ।

विश्व संस्था संगठनले २०२५ सम्ममा नुनमा पाइने सोडियम ३० प्रतिशत कम गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासील गर्ने बाटोमा अग्रसर हुन नेपाल लगाएत अन्य सदस्य मुलुकहरुलाई आग्रह गरेको छ । वैज्ञानिकका अनुसार विश्वभर दैनिक नुन खपत १०.८ ग्राम देखिएको जनाएको छ भने नेपाललीले प्रतिदिन ९.१ ग्राम खपत गरेको देखिन्छ ।

नेपालमा सन् २०१९ फेब्रवरी देखि मे सम्म नसर्ने रोग सम्बन्धि गरिएको सर्वेक्षणमा यस्तो तथ्य देखिएको छ । उक्त सर्वेक्षणमा १५ देखि ६९ वर्षको मानिसहरु संलग्न थिए । सोही सर्वेक्षणमा ५ हजार ५ सय ९३ जना उपस्थित थिए । दोस्रो परिक्षण २०२४ मा गर्ने सरकारको योजना छ ।

विश्व संस्था संगठनको अनुसार ७० लाख व्यक्तिको मृत्यु अत्याधिक नुनको सेवनले हुन सक्ने दाबी छ । डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले मार्च दोस्रो साता प्रतिवेदन सार्वजनिक गर्दै अस्वस्थ आहारका कारण विश्वव्यापी रूपमा मृत्यु र रोगको प्रमुख कारण भएको र त्यसमा अत्यधिक सोडियम सेवन मुख्य रहेको बताएका छन ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भनेका छन् रिपोर्ट अनुसार धेरै देशलहरुले अझै अनिवार्य सोडियम घटाउने नीति अपनाएको देखिदैन जसको कारण हृदयाघात, स्ट्रोक र अन्य स्वास्थ्य समस्याको जोखिम धेरै देखिएको छ,’। परिवार कल्याण महाशाखाले पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार मुलुकमा नुनको सेवनले जनस्वास्थ्यमा पारेको असरकोबारेमा अध्ययन नभएको जनाएका छन् ।

एउटा व्यक्तिलाई प्रतिदिन ५ हजार मिलिग्राम भन्दा कम नुन भए पुग्छ । मुटुरोग विशेषज्ञ डा.अनिलका अनुसार स्नायु आवेग सञ्चालन गर्न, मांसपेशीलाई आराम दिन जरुरी छ । शरीरमा खनिजको र पानीको सहि सन्तुलन कायम राख्न थोरै मात्रामा सोडियम चाहिन्छ ।  । नुन बढी खाँदा शरीरमा पानी बढी जम्मा हुन्छ र रक्तचाप बढाउँछ । त्यसले मुटु, मस्तिष्क, मिर्गौला, धमनीहरूमा प्रभाव गर्छ । ५० वर्षभन्दा बढी उमेर भएका व्यक्ति जसलाई उच्च रक्तचाप छ उनीहरूलाई हरेक दिन १,५०० मिलिग्राम वा सो भन्दा कम गर्नुपर्ने विज्ञ बताउँछन।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १४:२९