बाैद्धका बर्दिवाला डन श्यामकुमार राई एक लाख ४० हजार घुस खाँदै विदा भए
२० असोज, काठमाडाैँ । बाैद्ध क्षेत्रमा वर्दिवाला डनको उपमा पाएका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई घुस खाएर त्यस क्षेत्रबाट बिदा भएका छन । उच्च राजनीतिक पहुँच स्थापित गरेका रार्इ समान्य अवस्थामा प्रहरीकै हाकिमलार्इ टेर्ने थिएनन् । शनिबार साँझ उनी जागिरबाटै विदा हुनेगरी १ लाख ४० हजार घुससहित रंगेहात पक्राउ परे । दशैँ खर्चका नाममा व्यवसायीसँग पैसा असुल गर्दैगर्दा रार्इ पक्राउ परेका हुन । उनी जहाँ रहे त्यहाँ घुसका कारण चर्चामा रहे ।
शुक्रबार रातिमात्रै दुर्इ जनाको ज्यान जाने गरी छापा मारिएको जुवाको अखडा उनै राईको संरक्षणमा सञ्चालन हुँदै अाएको खुलासा भएको थियो । रार्इकै संरक्षणमा ‘भीआईपी जुवा अखडा’ चलेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसरले छापा मारेको थियो । जुवा अखडामा छापामार्न महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएका थिए । जुवा अखडामा छापामार्ने कुराको सुईको बौद्धका डिएसपी राईलाई दिइएको थिएन ।

प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने क्रममा दुई जुवाडेको मृत्यु भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका छन् । एसएसपी लामाकाअनुसार एक महिलासहित २३ जना पक्राउ परेका छन् । जुवाको खालबाट प्रहरीले ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ । रार्इ माथि फ्रि तिब्बतको मुभमेन्टमा सहभागी भएको अरोप समेत लाग्दै अाएको छ ।
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार २२:५१












