६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सगरमाथा जलविद्युतको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे पछिल्लाे अपडेट

१० चैत, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडकाे आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारका लागि निष्काशन गरेकाे साभारण सेयर (आईपीओ) मा साढे ९ लाख भन्दा बढीको आवेदन परेको हाे ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः३० बजेसम्ममा कम्पनीकाे आईपीओमा ९ लाख ६३ हजार ५१८ आवेदकबाट १ अर्ब ८ करोड ८१ लाख २१० हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८१ हजार २१० कित्ता सेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई निष्काशन गरेको भन्दा ३.०३ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १४:३०