थप ४ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईंकाे आयो त ?
१० चैत, काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीको सम्बन्धित डिम्याट खातामा जम्मा गर्ने सुरु गरेको छ । कम्पनीकाे पुस ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् बुकक्लोज गर्नुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।
हालसम्म डिम्याट खाता अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खाता अभौतिकीकरण अद्यावधिक गराउन कम्पनीले अनुराेध गरेकाे छ ।
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १३:०१












