४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

आज एनआइसी एशिया बैंकसहित यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

९ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ । अघिल्लाे काराेबारकाे दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएकाे थियाे । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएकाे छ ।

बिहिबार सेयर बजारमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे २१ करोड ७४ लाख रुपैयाँ बढीकाे कारोबार भएको हाे ।

त्यस्तै, सिद्धार्थ बैंकको ८ करोड ३५ लाख, हिमालयन डिष्टिलरीको ४ करोढ ४५ लाख, नबिल बैंकको ३ करोड ८४ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ३ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १५:१२