१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उन्नति सहकार्य लघुवित्तले बाेलायाे साधारणसभा, याे वर्ष सेयरधनीकाे हात खालि

९ चैत, काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड वार्षिक साधारणसभा बाेलाएकाे छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैंठकले ८ औँ वार्षिक साधारणसभा चैत ३० गते गर्ने निर्णय गरेको छ । सभा एशियन बुद्ध होटल सिननपा–८ रुपन्देही भैरहवामा बिहान ८ बजे गर्ने कम्पनीले जानकारी दिएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने वा गाभिने, प्राप्ति गर्न उपयुक्त देखिएमा सो सँग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले याे बर्ष सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोही कारण यस वर्ष सेयरधनीको हात खालिन हुने भएको छ ।

वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १३:३६