४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

कतिमा भयो कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको पहिलो काराेबार ?

९ चैत, काठमाडाैं । बिहीबार धितोपत्र दोस्रो बजारमा कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको पहिलो कारोबार भएको छ। स्पेसल प्रि ओपन सेसनमा कालिञ्चोक दर्शनको प्रतिकित्ता १३४ रुपैयाँ ४० पैसा र एशियन हाइड्रोपावरको प्रतिकित्ता २९८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो। यी दुबै कम्पनीको सेयर चैत ८ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कालिञ्चोक दर्शनलाई प्रतिकित्ता न्यूनतमा ७८.१५ रुपैयाँ र अधिकतममा २३४.४५ रुपैयाँ तथा एसियन हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतममा ९९.६० रुपैयाँ र अधिकतममा २९८.८० रुपैयाँ रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यी दुई कम्पनीहरुको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ११:४१