२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

सरकारमा सहभागि हुने बिषय टुंगो लगाउन लोसपा बैठक बस्दै

९ चैत, काठमाडाैं । सरकारमा सहभागि हुने बिषयमा केन्द्रीत रहेर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को कार्यकारिणी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ सरकार बिस्तारको तयारीमा छन् । सरकारमा सहभागि हुन लोसपाले पनि इच्छा जनाएको छ । कम्तीमा दुई वटा मन्त्रालय पाउनु पर्ने अडानमा लोसपा छ । त्यस्तै, बैठकमा आगमी १० बैशाखमा हुने उप निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने बिषयमा छलफल हुनेछ । उप निर्वाचनमा उठाउनु पर्ने उम्मेदवारका बिषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

निर्वाचनमा सहभागि हुन चाहने राजनीतिक दलले बुधवारबाटै आयोगमा गएर दल दर्ता गर्न सुरु गरिसकेका छन् । दल दर्ता १२ चैतसम्म गर्न सकिनेछ । दर्ता दर्ताका लागि आयोगले मंगलवार सुचना सार्वजनिक गरेको थियो । सुचनामा निर्वाचनमा भाग लिने चाहने राजनीतिक दलले ८ चैतदेखि १२ चैतसम्म दल दर्ता गर्न सकिने उल्लेख छ ।

१० बैशाखमा चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उप निर्वाचन हुन लागेको हो ।

तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । त्यसो हुँदा खाली भएको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको हुँदा बारा–२ मा पनि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ०९:५८