आज यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
८ चैत, काठमाडौं । साताको तेस्राे काराेबारकाे दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १५.७६ अंकले घटेर १९३३.२९ को विन्दुमा बन्द भएकाे छ ।
नेप्से घटेसँगै आज सेयर बजारमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख, हिमालयन डिष्टिलरीको ४ करोड ५० लाख, नबिल बैंकको ३ करोड ६३ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ३ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १५:१५












