८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने अभियान लघुवित्तको निर्णय

८ चैत, काठमाडाैं ।अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। चैत ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीकाे यो निर्णयसँगै अब सेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारका लाभांश पाउने छैनन्। याे बर्ष सेयरधनीकाे हात खालि हुनेछ ।

संस्थाले अब उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउनेछ। राष्ट्र बैंकबाट वित्तीय वित्तीय विवरण स्वीकृत भएर आएपछि संस्थाले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्नेछ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १०:५१