२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

बुधबार हुने त्रिदेशीय फुटबल खेलमा नेपाली टोली छनौट

७ चैत, काठमाडाैं । घरेलु मैदानमा भाेलि चैत ८ देखी हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट गरीएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा सुरुवाती खेलमा नेपालको सामना लाओससँग हुँदै छ ।

एन्फा स्रोतको अनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले छनोट गरेका हुन् । उक्त टोलीलाइ प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएकाे छ । श्रम स्वीकृतको समस्याका कारण मुख्य प्रशिक्षकले नेपाली टोलीलाई आधिकारीक रूपमा घोषणा गरेका छैनन् । उनले एन्फालाई नेपाली टोलीको लिष्ट दिसकेको एन्फा स्रोतले बताएकाे छ ।

नेपाली टोलीमा गोलरक्षकका रूपमा खेलाडीहरु किरण चेम्जोङ, अभिषेक बराल दीप र कार्की रहेका छन् । यस्तै डिफेन्डरमा पदम भट्टराई, रोहित चन्द, रन्दीप पौडेल, निशान खड्का, आदित्य चौधरी, अनन्त तामाङविकास तामाङ रहेका छन् ।

यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, आयूस घलान, एरिक विष्ट, कमल थापा, सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, सनिस श्रेष्ठ तथा स्ट्राइकरमा भरत खवास, मनिष डाँगी, अन्जन विष्ट, दिपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १३:३७