१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

किसान लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

७ चैत, काठमाडाैं । किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा बाेलाएकाे छ । संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीकाे  साधारणसभा चैत २८ गते र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु, लेखापरिक्षक नियुक्त गर्ने लगायत प्रस्तावहरु पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत २० गते देखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ चैत १९ गतेसम्म नेप्सेमा कायम सेयधनीहरूले कम्पनीकाे साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १३:१६