६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलका अध्यक्ष नै वेपत्ता


२० असोज, काठमाडाैँ । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) का अध्यक्ष मेंग होंगवेइ नै वेपत्ता भएका छन । मेंग होंगवेइ वेपत्ता भएको विषयमा फ्रान्सले अनुसन्धान सुरू गरेको छ । इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ ।

स्थानीय मिडियाका अनुसार वेपत्ता हुनुअघि उनी चीनका लागि प्रस्थान गरेका थिए । उनले २९ सेप्टेम्बरमा फ्रान्स छाडेका थिए । मेंगकी पत्नीका अनुसार उनको कुराकानी सेप्टेम्बरको अन्तिम साता भएको थियो । त्यसपछि मेंगको अत्तोपत्तो छैन ।

सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए । गुप्तचर प्रहरीको कामकाज हेर्ने उनको जिम्मेवारी थियो । ९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०८:३६