२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

स्ववियु निर्वाचनः माओवादी मन्त्रीकै क्षेत्रमा अखिल (क्रान्तिकारी) समानुपातिकमा शून्य

६ चैत, म्याग्दी । हिजो (चैत ५ गते) देशभर त्रिवि का आँगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको । निर्वाचन पश्चात् विभिन्न रोचक तथ्यहरु समेत बाहिर आउन थालेका छन् । यस्तै मध्य एउटा रोचक घटना घटेको छ, म्याग्दीमा ।

म्याग्दी को मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै गठबन्धन विरुद्धमा भारी मत अन्तरले बिजय भएको छ। २१२ जना मतदाता भएको क्याम्पसमा १४३ मत खसेको थियो । जसमा अनेरास्ववियु का अध्यक्ष उमेदवार भिममाया रोकाले १२८ मत ल्याउदा गठबन्धन का उम्मेदवार गौरभ आचार्यको १५ मत आयो ।

नेबि संघ र क्रान्तिकारीको संयुक्त गठबन्धन रहेको उक्त क्याम्पसमा समानुपातिक तर्फ भने क्रान्तिकारीको मत शून्य आएको छ । गठबन्धन बाट नेबि संघ अध्यक्ष र क्रान्तिकारि ले सचिवमा उम्मेद्बारी दर्ता गरेका थिए ।

समानुपातिक तर्फ अनेरास्ववियुको १२८ मत आउदा नेविसंघ ले १२ मत ल्यायो भयो भने क्रान्तिकारीले शून्य मतमा चित्त बुझाएको छ । उक्त क्षेत्र माओवादी केन्द्र म्याग्दी का अध्यक्ष रेशम जुग्जाली सुबिनले प्रदेशमा निर्वाचन जितेको क्षेत्र हो। हाल उनी गण्डकी प्रदेशको बन बाताबरण तथा पर्यटन मन्त्री छन ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १२:२१