१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कालिका लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, कहिलेसम्मका सेयरधनीले पाउछन् लाभांश ?

६ चैत, काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । चैत ५ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३ औँ बार्षिक साधारणसभा पोखराको बुद्धचोकस्थित होटेल टास्क इन्टरनेसनलको सभाहलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगल लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सातै सभाले बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, एक वा एकभन्दा बढी लघुवित्त संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उचित देखिएमा सोका लागि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने र गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १६ गतेदेखि चैत २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १०:२८