३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

एलपी ग्याँसको खपत निरन्तर घट्दै, चालु आर्थिक वर्षमा २ लाख ९४ हजार मात्रै खपत

६ चैत, काठमाडाैं । पछिल्लो समय खाना पकाउने ग्याँसको खपत निरन्तर घट्ने क्रममा रहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतिय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्याँसको खपत घटेको हो ।

नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँस मात्रै खपत भएको छ ।

जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो । निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १०:१२