११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

२३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

६ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चैत ६ गते सोमबार २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत ८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुनेछ । बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल असार ५ गते परिपक्व हुनेछ । साथै बैंकले १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल असोज २ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि ९ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल चैत ६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ०९:३१