१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

यी हुन नेपाल अाइडलका उत्कृष्ट १० प्रतियोगी


१९ असोज, काठमाडाैँ । शुक्रबारको नेपाल अइडलको ‘एलिमिनेशन राउण्ड’ बाट १ प्रतियोगी बाहिरिएपछि अब उत्कृष्ठ १० प्रतिस्पर्धी बाँकी रहेका छन । रक स्टार बन्ने सपना बोकेर नेपाल अाइडलमा सहभागी हुन अाएकी हिना मल्ल बराइली राम्रो गाउँदागाउँदै पनि मतका कारण बाहिरन पुगिन । अब प्रतियोगितामा उत्कृष्ट १० जना प्रतियोगी रहेका छन ।

एपीवान टेलिभिजन र मोबाइल एप्स रेस्पेक्ट एण्ड राइजबाट एक साथ प्रशारण हुने नेपाल आइडलमा बिहिबार राती साढे ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म दर्शकले भोटिङ गर्न सक्नेछन् । भोटिङको आधारमा सबैभन्दा कम मत ल्याउने प्रतियोगी हरेक साताको अन्तिम अर्थात शुक्रबारको इपिसोडबाट एलुमिएसनमा पर्नेछन् ।

यसरी हरेक साताको एपिसोडबाट एक–एक जना एलुमिएसन हुँदै अन्तिम तीन जनाको बीच ग्राण्ड फिनाले भई नेपाल आइडलको चयन हुनेछ । अब जुन प्रतियोगीले भोटिङमा बढी लगानी गर्छ उही छानिदैँ जाने चान्स बढी हुन्छ ।

यी हुन उत्कृष्ट १० प्रतियोगी

अमित बराल, अस्मिता अधिकारी, विवेक बराल, कृष्ण कँडेल, मीन राज पौडेल, निलिमा थापा मगर, रवि ओड, पवन गिरी, सुविन सिंह र सुमित पाठक ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार २२:४२

https://srdb.com.np/