२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा भारतलार्इ पराजित गर्दै नेपाल फाइनलमा

१९ असोज, काठमाडाैँ । भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रव्रेश गरेको हो ।

नेपालको जितमा गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनले ३ वटा पेनाल्टी प्रहार रोक्नुका साथै पेनाल्टीमा १ गोल गरिन् ।

निर्धारित समय र थप गरिएको ३० मिनेटमा खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अब नेपालले फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेशको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १९:१५